निर्देशक विधान कार्कीलाई भारतबाट अन्तर्राष्ट्रिय अवार्ड



काठमाडौँ।
म्युजिक भिडियो निर्देशक विधान कार्कीले भारतको महाराष्ट्रमा आयोजना भएको चौथो रोशनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ मा उत्कृष्ट पुरुष निर्देशकको लागि अवार्ड जितेका छन् । “आमाको ममता” शिर्षकको म्युजिक भिडियोबाट उनले सो अवार्ड प्राप्त गरेका हुन् ।

आमा र बच्चा बीचको गहिरो बन्धनलाई उजागर गरिएको यो भिडियोले विश्वभरका १३०० भन्दा बढी म्युजिक भिडियोहरू, चलचित्रहरू र छोटो चलचित्रहरूसँग प्रतिस्पर्धा गरेको थियो । यो महोत्सव भारतको सबैभन्दा प्रख्यात चलचित्र महोत्सव मध्ये एक हो ।

‘आमाको ममता’मा अर्जुन सुवेदीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । नक्षत्र प्रोडक्शनले निर्माण गरेको म्यूजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा बुवा र उनिहरुसँग पनि विछोड भएपछि गर्नुपरेको संघर्ष देखाईएको छ । विधान कार्कीले निर्देशन गरेको भिडियोमा सुनिल थापा, हिउँवाला गौतम, गौरब पहारी, श्रीदेव बिएल र दियान गौतमको अभिनय रहेको छ । भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादन विकास दाहाल हुन् । मनिषा पोखरेल कला निर्देशक रहेको भिडियोमा दिपेन गौतम ‘माईकल’ले प्रडक्शन डिजाइन गरेका छन्

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu