काठमाडौँ महानगरद्वारा हिन्दी चलचित्रमा प्रतिबन्ध गर्ने तयारी



काठमाडौँ।
सोमबारदेखि काठमाडौँ महानगर भित्र रहेका सबै चलचित्र हलहरुमा हिन्दी चलचित्रमा प्रतिबन्ध लगाउने तयारी भएको बुझिएको छ । मिडिया रिपोर्टका अनुसार महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा सोमबारदेखि कुनै पनि हिन्दी चलचित्रलाई प्रदर्शनीमा रोक लगाउने निर्णय भएको छ ।

दुई दिन अघि तीन दिने अल्टिमेटम दिँदै मेयर शाहले भारतको चलचित्र ‘आदिपुरुष’मा रहेको जानकी भारतकी छोरी हुन् भन्ने संवादलाई चलचित्रको मुल कपीबाट नै सच्याउनु पर्ने अन्यथा काठमाडौँ महानगरमा कुनै पनि हिन्दी चलचित्रमा रोक लगाउने बताएका थिए । उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई एक पत्र लेख्दै संवाद नसच्चाए नेपालभर हिन्दी चलचित्रको प्रदर्शन रोक्न आग्रह गरेका थिए । साथै, चलचित्र विकास बोर्डले पनि भारतको चलचित्रमा समावेश उक्त संवाद संसारभर सच्याउनुपर्ने बताएको थियो ।

काठमाडौं महानगरका ३२ वडाभित्र १७ वटा चलचित्र हल छन् । बिग सिनेमा, वन सिनेमा, क्यूएफएक्सका सिभिल मल, छायाँ सेन्टर, क्यूज सिनेमा, सिडिसी सिनेमा लगायतका यि हलहरु चलचित्रको कलेक्शनको लागि प्रमुख हल हुन् ।

संवास सच्याउनुको सट्टा आदिपुरुषका लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै अर्को भ्रम फैलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu