ललितपुर महानगरले हिन्दी चलचित्रमा रोक नलगाउने



काठमाडौँ।
काठमाडौँ महानगरले सबै हिन्दी चलचित्रमा प्रतिबन्ध लगाएपछि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले प्रतिक्रिया दिएका छन् । नेपालप्रेस डटकमसँग कुरा गर्दै मेयर महर्जनले बालेनले काठमाडौँमा प्रतिबन्ध लगाउँदैमा आफुले पनि सोही गर्नुपर्छ भन्ने नरहेको जिकिर गरेका छन् ।

उनले भनेका छन्, “एउटा केसलाई लिएर अन्य हिन्दी चलचित्रहरु पनि बन्द गर्नुपर्छ भन्ने मलाई लाग्दैन । हामीले भारतीय चलचित्रलाई रोक लगाउने विषयमा कुनै छलफल गरेका छैनौँ । सबै हिन्दी फिल्मलाई रोक लगाउनुपर्ने आवश्यकता पनि छैन ।” उनले ‘आदिपुरुष’मा जानकीलाई भारतकी छोरी भनिएको संवाद सच्याइयो भने त्यो पर्याप्त हुने र अन्य चलचित्रमा प्रतिबन्धको जरुरी नरहेको बताएका छन् ।

महर्जनले थपेका छन्,”बालेनले गरेको कुरा हामीले पनि गर्नै पर्छ भन्ने जरुरी छ र ? उहाँले गर्नुभयो, ठिक छ । सबैको आआफ्नो शैली हुन्छ । उहाँको शैली, स्टाइल र फर्म्याट हामीले फलो गर्नुपर्छ भन्ने कुनै पनि बाध्यता छैन ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu