देशैभर ‘आदिपुरुष’को प्रदर्शन स्थगित



काठमाडौँ।
विवादित भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन नेपालभर नेपालभर स्थगित भएको छ । यस चलचित्रको नेपाल वितरण कम्पनी व्यंकटेश इन्टरटेन्मेन्ट प्रा.लि.ले प्रेस विज्ञप्ती जारी गर्दै प्रदर्शन स्थगित भएको जनाएको छ ।

देशका विभिन्न नगरपालिकाहरुले पनि बालेनको जस्तै निर्णय गरेको, हलहरुले स्वस्फुर्त चलचित्र नचलाउने निर्णय गरेको र हलको सुरक्षाको कारण चलचित्र नचलाउने निर्णय गरेपछि वितरक कम्पनी नै पछि हटेको हो । यो कम्पनी मनोज राठी र उज्ज्वल पौडेलले संयुक्त सञ्चालन गर्दै आएका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरका चलचित्र हलहरुमा कुनै पनि हिन्दी चलचित्रको प्रदर्शनमा प्रतिबन्ध लगाएपछि यसको प्रभाव देशैभर परेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu