‘सिनेयात्री मासिक’ १५औँ बर्षको अवसरमा स्कुल प्रिन्सेस हुँदै



schoolआरती इन्टरटेन्मेन्ट ग्रुप तथा सिनेयात्री मासिक पन्ध्र वर्ष पुगेको अवसरमा आयोजना गरिएको ‘स्कुल रिप्रिजेन्टिभ स्कुल प्रिन्सेस २०१४’ को पहिलो प्रतिस्पर्धामा १५ विद्यालयका ४० जना प्रतिस्पर्धीहरु सहभागी भएका छन् । आयोजक संस्था आरती र सिनेयात्रीले काठमाडौंको नयाँवजार स्थित ड्राइगन टुरिजम मार्केटमा पत्रकार सम्मेलन गर्दै अडिसनमा सहभागी युवती मध्ये पहिलो चरणवाट १५ जनालाई प्रतियोगिताका लागी छनौट गरिएको छ भने दोस्रो चरणको छनौट बैशाख ५ गते हुने आयोजक संस्थाले जनाएको छ । उक्त कार्यक्रमको निर्णायक मण्डलमा सञ्चारकर्मी आर.डी. ‘श्रृंखला’, नेपाली चलचित्रका नायक रोही श्रेष्ठ, नायिका विपना थापा रहेका छन् ।

प्रतिस्पर्धीहरु तथा उनीहरुका अभिभावकहरुलाई संचार माध्यमसाग साक्षात्कार गराउन आयोजित पत्रकार सम्मेलनमा एक महिनाको प्रशिक्षणपछि उनीहरुलाई मुख्य प्रतिस्पर्धामा उतारिने वताइयो । कार्यक्रम संयोजक स्मिता गुरुङका अनुसार प्रशिक्षणमा प्रतिस्पर्धीहरुलाई पब्लिक स्पिकिङ ,प्रभावशाली व्यक्तित्वसंगको अनुभव साटासाट, नेपाली चलचित्र क्षेत्रका हस्ती महानायक राजेश हमाल लगायत अन्य कलाकारहरुसंग स्थलगत भ्रमण, र्‍यामवाक, एंकरीङ, जुम्वा डान्स, योगा, फोटोसेसन, ब्यूटिसियन लगायत प्रशिक्षण प्रदान गरिने छ ।

जेष्ठको पहिलोसाता सम्पन्न हुने निर्णायक प्रतियोगितामा विजय हुने प्रतिस्पर्धीहरुले क्रमशः स्कुल रिप्रिजेन्टिभ स्कुल प्रिन्सेस, फस्ट रनरअप, सेकेन्ड रनरअप सहित वेष्ट डिसिप्लिन, वेष्ट स्माइल, वेस्ट ड्रेस, वेष्ट हेयर, टयालेन्ट, फेन्ड्रशिप, फोटो जेनिकको शिर्ष उपाधि जित्नेछन् । पब्लिक च्वाइसको अवार्ड एस.एम.एस भोटिङवाट हुनेछ । उक्त विजेताहरु मध्ये विनर्स, फस्ट रनर्स, सेकेन्ड रनर्सलाई सम्बन्धीत स्कुलवाट एक वर्षको फ्रिसिप तथा आयोजक संस्थाको तर्फवाट नगद सहित विभिन्न गिफ्ट ह्रयाम्पर प्रदान गरिने छ भने अन्य विजेताहरुलाई विभिन्न गिफ्ट हयाम्पर प्रदान गरिने आयोजक संस्था आरती र सिनेयात्रीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu