
काठमाडौँ।
नायिका आँचल शर्माले दुई फेसबुक एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन् । पति उदिप श्रेष्ठसहित शनिवार साँझ भोटाहिटीस्थित ब्यूरो पुगेकी शर्माले आफ्नो चरित्रमा आँच आउने ढंगले सामग्री पोस्ट गरेको भन्दै आवश्यक कानूनी कारबाही गर्न उजुरी गरेकी हुन् ।
उनले अनुमतिबीना फोटोसहित आफ्नो चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कारबाही गरिपाउँ भन्ने व्यहोराको उजुरी दिएकी छन् । निवेदनसँगै उनले दुई फेसबुक पेजमा पोस्ट भएका भिडियो, अडियो, तस्वीर सहित स्क्रिनसट पेश गरेकी छन् ।
आँचलले दिएको कुनै अन्तरवार्तामा अभिनेता दयाहाङ राईको बिषयमा बोलेको बिषयलाई हवाला दिँदै राखिएका सामग्री फेक भएको र यसबाट आफूलाई यातना भएको आँचलले बताएकी छन् । यस बिषयमा अभिनेता राईले पनि तथ्य नबुझी कुनै कलाकारलाई पनि गाली गलौज नगर्न आग्रह गरेका छन् ।