
काठमाडौँ।
शनिवारदेखि नेपाली चलचित्र ‘हात्तीछाप’को छायाङ्कन सुरू भएको छ । सिमोस सुनुवारले निर्देशन गर्ने यो चलचित्रको ललितपुरको बालकुमारीबाट छायाङ्कन सुरू भएको हो ।
यसमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई लगायतका कलाकारको अभिनय रहनेछ । किरण नेपाली निर्माता हुन् भने प्रदीप भारद्धाज स्क्रिप्ट लेखक हुन् ।


