‘भष्मे डन’ अमेरिकामा मात्र १२ सय शो संख्या रिलिज हुने, विश्वव्यापी रिलिजमा तहल्का



काठमाडौँ।
सुपरहिट चलचित्र ‘पशुपतिप्रसाद’को सिक्वेल ‘पशुपतिप्रसाद २ : भष्मे डन’ले नेपाली चलचित्रहरूको विदेश प्रदर्शनको इतिहासमै ठुलो रिलिज पाएको छ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले यो चलचित्रलाई विश्वव्यापी रिलिज गर्ने सम्झौता भएको छ । सोमबार निर्माण कम्पनी टुकी आर्ट्सले प्रेस वक्तव्य जारी गर्दै सेभेन सिजका प्रतिनिधिसँग सम्झौता भएको जनाएको छ ।

वक्तव्यमा यो चलचित्र अन्तर्राष्ट्रिय रिलिज अहिलेसम्मकै ठूलो हुने जनाउँदै यो कुराले समग्र नेपाली फिल्म उद्योगलाई नै माथि उठाउन राम्रो भूमिका खेल्ने कुरामा दुईमत नरहेको उल्लेख गरिएको छ । बताईए अनुसार अमेरिकी थियटर चेनहरु रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिससहित केही हलहरुमा १२ सय शो हुनेछ भने क्यानडामा १५० शो हुनेछ । त्यस्तै, अष्ट्रेलियामा इभेन्ट, होइट्स, रिडिङ, रेगल, भिलेज, लाइम, युनाइटेड, ओडेन सिनेमा चेनमा ५०० शोसहित फिल्म प्रदर्शन गर्ने जनाइएको छ । मध्यपूर्वमा भक्स सिनेमा, स्टार सिनेमा, नोभा सिनेमा, रोयल सिनेमा र सिनेको सिनेमा चेनमा ७५० शो हुनेछन् ।

विभिन्न मुलुकका वितरण कम्पनीहरू मध्यपूर्वको निप फिल्म्स, अष्ट्रेलियाको जानवी इन्टरटेनमेन्ट र अमेरिकाको नेपाल एलेभन इन्टरटेनमेन्ट मिलेर सेभेन सिज कम्पनी स्थापना गरेका हुन् । यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन र खगेन्द्र लामिछानेले निर्माण गरेका हुन् । यसमाा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतको अभिनय रहेको छ ।

प्रेस वक्तव्यः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu