
काठमाडौँ।
गत हप्ता छायाङ्कन सुरू भएको चलचित्र ‘हात्तीछाप’को सेटबाट अभिनेता सौगात मल्लको लुक्स सार्वजनिक गरिएको छ । एक फोटो फ्रेममा मल्ललाई प्राचिन राजाको गेटअपमा राखिएको छ ।
छायाङ्कनको लागि बिहिवारबाट सौगात र अभिनेत्री उपासना सिंह ठकुरी जोडिएका छन् । प्रदीप भारद्धाजको लेखन रहेको यो चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरिरहेका छन् । चलचित्रमा सुशान्त प्रजापतिको छायांकन छ ।
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला लगायतको अभिनय छ ।