किन बढ्यो ‘कबड्डी’को चासो ?



kabaddi

जुनकुनै चलचित्र कस्तो बनेको छ भनेर चलचित्र हेर्नुपुर्व बुझ्ने आधार सम्बन्धित चलचित्रको प्रोमोलाई मानिन्छ । त्यसो त कतिपय दर्शक प्रोमो मन पराएकै कारण चलचित्र पनि पक्का राम्रो हुनुपर्छ भनेर हलसम्म पुग्छन् । प्रसंग हो चलचित्र ‘कबड्डी’को।

प्रोमो तथा फर्स्टलुक सार्वजनिक हुँदाको दिनबाट नै यो चलचित्र चर्चामा छ । हुन पनि सुरुको दिनमा ने धेरैले यो चलचित्रको प्रोमोले नै धेरै संभावना देखिएको बताएका थिए । चलचित्र प्रदर्शनको मिती नजिकिँदै गर्दा धेरैले ‘कबड्डी’प्रती देखाएको चासो तथा पर्खाईले पक्का पनि यो चलचित्रलाई सफल हुनको लागी पक्का पनि राहत पुग्ने देखिन्छ ।

पब्लिसिटिमा कम वास्ता गरेको भन्ने आरोपलाई चिर्नको लागी अबको मितीदेखी बैसाख १२ सम्म पब्लिसीटीलाई व्यापलता दिने दाउना निर्माण युनिटले आँखा लगाएको छ । चलचित्रसँग अर्को आशातित तथा चर्चित चलचित्र ‘नोभेम्वर रेन’ पनि भिड्ने भएकोले यो चलचित्रलाई रिलिजपछीको समय पनी सहज भने हुने छैन ।

प्रेमको सिमा नाघ्दा पैदा हुने कुराहरुलाई रोमान्टिक तरिकाले प्रस्तुत गरिएको भनिएको यो चलचित्रमा दयाहाङ राई, निश्चल बस्नेत, राजन खतिवडा लगायतका कलाकारहरु देखिएका छन् । कतिपयले चलचित्रको प्रोमो लामो भएकोले कतै चलचित्र पनि यसैको वरीपरी मात्रै त घुमेको त छैन भनेर भन्न समेत भ्याएको समयमा चलचित्र कस्तो बनेको छ र प्रोमोले जती नै साथ र चर्चा हात पार्छ पार्दैन भन्ने कुराको लागी बैसाख १२ नै पर्खिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu