अमेरिकामा पवनकलीको क्याटवाक (फोटो फिचर)



pawankali1

[dropcap]गा[/dropcap]उँबाट शहरमा आएको युवतीको भुमिकामा ‘द पवनकली शो’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरेर चर्चामा आएकी माम्पी घोष यतिबेला न्युयोर्कको फेशन शोमा ब्यस्त हुन थालेकी छन् । टेलिभिजन कार्यक्रम पवनकली शोमा गाउँले युवतीको भुमिकामा देखिएकी पवनकली न्युयोर्कमा रहेको साउथ एशिएन कम्युनिटीमा फेशन शोमा व्यस्त रहेकी हुन् ।

pawankali2

अध्ययनका लागि विगत केहि महिना देखि न्युयोर्कमा रहेकी माम्पीले फेशन सम्बन्धी कार्यक्रममा भाग लिनुका साथै अमेरिकामा रहेका साउथ एशियन सञ्चार माध्यममा आफ्नो करियर अगाडि बढाउने योजना रहेको सुनाईन् । कानुन क्षेत्रमा अध्ययन गर्दै गरेकी माम्पीले अप्रील महिनामा मात्र दुईवटा फेशन शोमा क्याटवाक गरेकी छन् । न्युयोर्कको फेशन शोको बारेमा आफ्नो अनुभव सुनाउँदै माम्पीले भनिन् , ‘नेपालमा रहँदा होस् या विदेशमा जहाँ रहेर पनि आफ्नो लक्ष्य पुरा गर्ने यात्रामा लाग्नेछु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu