स्क्रिप्ट लेखन प्रतियोगिताको दोस्रो संस्करणमा राजनको ‘चाल’ विजयी



[dropcap][/dropcap]लचित्रमा आउन चाहने नयाँ तथा सृजनशील व्यक्तिहरुलाई प्रोत्साहन दिने उद्देश्यले आयोजना गरिएको नेपाली चलचित्रको स्क्रिप्ट लेखन प्रतियोगिताको दोस्रो संस्करणमा काठमाडौं निवासी राजन कठेतको ‘चाल’ नामक स्क्रिप्टले प्रथम भएको छ । न्यू नेपाली सिनेमाको आयोजनामा जुन २०१३ बाट सुरु भएको यो प्रतियोगितामा दोश्रो चरणमा राजनले बिजयी हुँदै २ लाख २५ हजार रूपैयाँ पुरस्कार हात पारे ।

rajan
राजनले १२१ वोटा कथाहरु पछी पार्दै पहिलो बनेका हुन । यो स्क्रिप्टमा अष्ट्रेलियाको आल्प इन्टरटेन्मेन्टले फिल्म निर्माण गर्ने घोषणा गरेको छ । यो प्रतियोगितामा १२१ जना लेखकहरुले सहभागीता जनाएका थिए । जुरीहरुको छनोटमा परेका २० कथामा स्क्रिप्ट लेख्नको लागि ३ महिनाको समय तोकिए पनि सहभागी बनेका जम्मा ८ वोटा स्क्रिप्टहरुमा राजन कठेतको ‘चाल’ पहिलो बनेको हो ।

राजनको स्क्रिप्ट पढेर प्रसन्न जुरी मध्येका एक अर्जुन सुबेदी राजनको स्क्रिप्टले नेपालको ग्रामीण भेगको मिठो कथा भन्ने भएकाले बिशेष सिनेमा बन्ने विश्वाश ब्यक्त गरेका छन। यस सिनेमाको निर्देसनका लागि पनि नयाँ युवा निर्देसकलाई जिम्मा दिइने बताईएको छ । नेपाली सिनेमा स्क्रिप्ट लेखन प्रतियोगिताको पहिलो संस्करणमा रोहित देवकोटा प्रथम भएका थिए भने सन्दिप बडाल रनर अप बनेका थिए ।

Announcement of Nepali Cinema Script Writing Competition 2

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu