९५औं अस्कर अवार्डका लागि अन्तर्राष्ट्रिय विधामा नेपाली चलचित्रको माग



काठमाडौँ।
९५औं एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा प्रतिस्पर्धी बन्नका निम्ति नेपाली कथानक चलचित्रहरू माग गरिएको छ । मार्च १२ का दिन अमेरिकाको लस एञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुने अवार्डको लागि अन्तर्राष्ट्रिय फिचर फिल्म अन्तर्गत अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले मापदण्ड पुगेका चलचित्र आवेदन माग गरेको हो ।

द एकेडेमी अफ मोशन पिक्चर आर्टस एन्ड साइन्सेस (द अस्कर)को नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ । समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली “कपील”, चिरञ्जीवी गुरागाईं सदस्य रहेका छन् ।

समितिले यस संस्करणमा प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको छ । विस्तृत जानकारीको लागि समितिको सचिवालयमा सम्पर्क राख्न समितिका सचिव चिरञ्जीवी गुरागाईंले बताए ।

SUBMISSION REQUIREMENTS

95-International-Feature-Film-Submission-Checklist

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu