फ्राइडे रिलिज: ‘जय हो’ र ‘महानगर’ देशभर



काठमाडौँ।
यो साता दुई नेपाली चलचित्रहरू ‘जय हो’ र ‘महानगर’ देशभर एकसाथ रिलिज भएका छन्।

टेक पौरखी राई निर्देशित ‘जय हो’को बुधवार प्रिमियर आयोजना गरी कलाकर्मी र पत्रकारको प्रतिक्रिया लिइएको थियो। प्रिमियरमा यो चलचित्रको क्लाइमेक्सको प्रशंसा गरिएको थियो। विभिन्न महोत्सवहरुमा प्रदर्शन भएर पुरस्कृत भैसकेको मोहन राई निर्देशित ‘महानगर’ले भने शुक्रवार साँझ विशेष शोको आयोजना गरेको छ।

‘जय हो’मा केकी अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, प्रेम पाण्डे, कुमार थिङ आदिको अभिनय रहेको छ।

‘महानगर’मा कार्म र मेनुका प्रधान मुख्य भूमिकामा छन्। साथमा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेल आदि कलाकारको पनि अभिनय छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu