अमेरिकी दूतावासको समर मुभी सकियो, अन्तिम चलचित्र ‘वेस्ट साइड स्टोरी’ प्रदर्शन



काठमाडौँ।
अमेरिकी दूतावासले नियमित आयोजना गरेको समर मुभी सिरिजअन्तर्गत अन्तिम चलचित्रको रूपमा स्टिभन स्पिलबर्ग निर्देशित हलिउड चलचित्र ‘वेस्ट साइड स्टोरी’ प्रदर्शन गरिएको छ । बिहीबार बेलुका ललितपुरको पुल्चोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमा हलमा सो चलचित्रको प्रदर्शन गरिएको हो ।

सन् १९५७ को न्युयोर्क सहरको परिवेशलाई चित्रण गरिएको सो चलचित्रमा श्वेत अमेरिकी र गहुँगोरो वर्णका पुएर्तोरिकन ग्याङस्टरले वर्चस्वको लागि लड्ने लडाइँको कथा र दुई समुदायका युवायुवतीबीचको प्रेममार्फत सहिष्णुताको सन्देश दिने कथा रहेको छ । सो चलचित्र ९४ औं ओस्कार अवार्डमा सर्वश्रेष्ठ फिल्म र सहायक अभिनेत्रीसहितका सात विधामा मनोनित भएको थियो । यसमा एनसेल एलगर्ट, रचेल जेगलर, एरिआना डिबोस, डेभिड अल्भारेजको प्रमुख अभिनय रहेको छ ।

दूतावासका पब्लिक अफेयर्स प्रमुख ग्यारेट विल्करसनले यस वर्षको समर मुभी सिरिज सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu