एकै ठाउँ बाँधिएका दया र उपासना



काठमाडौँ।
यसअघि अभिनेता सौगात मल्लको फोटो राख्दै पोस्टर सार्वजनिक भएको चलचित्र ‘हात्तीछाप’को नयाँ पोस्टर आएको छ । आइतबार सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीलाई एकै ठाउँ बाँधिएको छ ।

पोस्टरको कन्सेप्टबाट चलचित्रको कथा बुझाउने प्रयास गरिएको छ । चलचित्रमा सौगातले अभिनय गरेको पात्रले दया र उपासनाको पात्रलाई थिचोमिचो गरेको अनुमान गर्न सकिन्छ । यो चलचित्र आगामी माघ २६ गते रिलिज हुने बताइएको छ ।

यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हलमा, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेलको मुख्य भूमिका छ । चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा पुष्कर गुरुङ र अमला देवी राईको लगानी छ । सुशान्त प्रजापतिले फिल्मको छायाङ्कन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu