‘हनी बनी’मा रोमान्टिक अभिमन्यु र जसिता



काठमाडौँ।
चलचित्र ‘हनी बनी’को फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै यसै वर्षको माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक फर्स्ट लुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङलाई राखिएको छ ।

अभिमन्यु भारतीय मोडल हुन् । यो नै उनको पहिलो चलचित्र हो । भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन् । उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत सर्वाधिक चर्चित छ ।

निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभ स्टोरी चलचित्र ‘हनी बनी’मा सूर्यमाला खनाल, सलोन बस्नेत, अर्जुनजङ्ग शाही लगायतको पनि अभिनय छ । अघिल्लो वर्षको जेठमा लन्डनमा चलचित्रको छायाङ्कन सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu