कहिले आउँछ रकी भाइको केजिएफ-३?



यश स्टारर भारतीय ब्लकबस्टर चलचित्र ‘केजिएफ ३’ सन् २०२५ मा रिलिज हुने भएको छ । यस चलचित्रको निर्माणको काम आगामी डिसेम्बर देखि सुरु हुने प्रोडक्सन हाउस होम्बले फिल्मस् ले जनाएको छ ।

बताइए अनुसार केजिएफको पाँच वर्ष पूरा भएको अवसरमा डिसेम्बर २१ मा केजिएफ ३ को घोषणा गरिने छ । ‘केजिएफ ३’का निर्देशक, निर्माता र मुख्य कलाकारबिच पहिलो चरणको छलफल भएको छ भने कथाको बारेमा पनि छलफल भएको छ । चलचित्रको छायाङ्कन अक्टोबर २०२४ मा सुरु हुनेछ र यो २०२५ मा रिलिज हुनेछ ।

‘केजिएफ’ फ्रेन्चाइजी सन् २०१८ मा सुरु भएको थियो । यसपछि, २०२२ मा ‘केजिएफ २’ पनि सफल भयो र कन्नड सिनेमाको सबैभन्दा धेरै कमाउने चलचित्र बन्यो । १०० करोडमा बनेको यो चलचित्रले विश्वभर १२०० करोडको कलेक्सन गरेको थियो । यो विश्वभरमा भारतको सबैभन्दा धेरै कमाउने चलचित्रहरूमध्ये चौथो नम्बरमा छ । यो भारतमा सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र हो ।

‘केजिएफ २’ को रिलिजको समयमा दक्षिण भारतमा सडकमा ब्ल्याकमा टिकट बिक्री भइरहेको थियो । थिएटरबाहिर यशका कटआउटहरू सजाइएका थिए । ढोल बजाएर यशको कटआउटको आरती भइरहेको थियो भने कतिपय ठाउँमा उनको दूध अभिषेक पनि गरिएको थियो । बेंगलुरुमा चलचित्र हेर्न पागल फ्यानहरू यति उत्सुक थिए कि भीडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो ।

यशले केजिएफ गर्नुअघि ९ चलचित्रमा काम गरिसकेका थिए तर २०१८ को चलचित्र ‘केजिएफ’बाट उनले वास्तविक स्टारडम पाएका थिए । यही चलचित्रले उनलाई सुपरस्टार बनायो । उनको चरित्र ‘रकी भाइ’लाई निकै मन पराइएको थियो । चलचित्रले २५० करोड कमाएको थियो । यो चलचित्रसँगै कन्नड चलचित्रले भारतभर मात्र नभई विश्वभर पहिचान पायो ।

मिडिया रिपोर्टका अनुसार यश चलचित्रको तेस्रो पार्टमा पनि मुख्य भूमिकामा देखिनेछन् तर पाँचौँ भागपछि भने यस फ्रेन्चाइजको अभिनेता पनि परिवर्तन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu