निश्चलको चलचित्र ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक



काठमाडौँ।
निश्चल बस्नेत निर्देशित बहुप्रतिक्षित चलचित्र ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक भएको छ । राजनीतिको आडमा हुने शक्तिको खेल र स्थानीय नेताद्वारा व्यक्तिगत स्वार्थको लागि आफ्नै जनता कसरी शोषित र पीडित छन् भन्ने विषय ट्रेलरमा रहेको छ ।

आफ्नै गृह नगरको मेयर संलग्न रहेको म्यानपावरले भिजिट भिसामा दुबई पठाउन जान खाली खुट्टा नै एयरपोर्ट पुगेका पात्र (खगेन्द्र लामिछाने) एयरपोर्टबाट नै फर्किनुपरेपछि ती पात्रले भोगेको कष्ट, पारिवारिक अस्तव्यस्तता र राजनीतिको चक्रब्युह ट्रेलरमा देखिन्छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्ष पिक्चर्सको निर्माण रहेको यस चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धिरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्कालगायतको अभिनय छ ।

यस चलचित्रमा आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेका छन् । तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रका निर्माता रौनक विक्रम कँडेल हुन् भने सुरज बम ठकुरी कार्यकारी निर्माता हुन् ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu