विदेशमा मात्र हेर्न मिल्ने गरी ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ भिडियोपसल एपमा रिलिज



काठमाडौँ।
बडा दसैँको अवसरमा दुई नेपाली चलचित्रहरू ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ नेपाली ओटिटि प्लेटफर्म ‘भिडियोपसल’मा रिलिज भएका छन् । यी चलचित्रहरू हालको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको बताइएको छ ।

विदेशमा रहेका दर्शकहरूबाट ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’को माग उच्च रहेकोले रिलिज गरिएको भिडियोपसलका संस्थापक निश्चल पाण्डेले बताए । सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu