‘पशुपति प्रसाद २: भष्मे डन’द्वारा बम्पर व्यापारको सुरुवात



काठमाडौँ।
बडा दसैँको फूलपातीको अवसर पारेर शनिवारबाट प्रदर्शनमा आएको चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ले बक्स अफिसमा बम्पर व्यापारको सुरुवात गरेको छ । बताइए अनुसार तीन सय भन्दा बढी स्क्रिनमा रिलिज भएको यो चलचित्रले देशभरका अधिकांश हलमा दर्शकको चाप उच्च देखिएको थियो ।

शनिवार बिहानी शोबाट नै कलाकारहरू विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, लेखक तथा निर्माता खगेन्द्र लामिछाने र निर्देशक दीपेन्द्र के खनाल दिनभर काठमाडौँका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । यो क्रम अन्य दिन पनि जारी रहने बताइएको छ ।

लेखक तथा निर्माता खगेन्द्र लामिछानेले दर्शकको उच्च साथ पाएसँगै रिलिज अगाडीसम्म मनमा भएको डर हटेको बताएका छन् । अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र भित्रकी आफ्नो पात्र दुर्गा मातालाई निकै माया गरेको भन्दै खुसी व्यक्त गरिन् । आगामी दिनमा अझै चुनौती पूर्ण भूमिकामा काम गर्न हौसला मिलेको सुनाइन् । अभिनेता विपिन कार्कीले पनि भष्मे डनलाई दर्शकले पुनः रुचाएकोमा सम्पूर्ण दर्शकलाई धन्यवाद दिए । अभिनेता सौगात मल्लको क्यारेक्टरले पनि दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ ।

यसका निर्देशक दीपेन्द्र के खनालले शनिवारको ओपनिङ अपेक्षाकृत नै भएको बताएका छन् । चलचित्र निर्माण घोषणा भएसँगै दर्शकमा देखिएको उत्साह हलमा देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu