
काठमाडौँ।
युनेस्कोले काठमाडौँ महानगरपालिकालाई ‘रचनात्मक सहर’को रूपमा सूचीकृत गरेको छ ।विश्व सहर दिवसको अवसरमा उसले काठमाडौँलाई चलचित्र विधामा सूचीकृत गरेको हो ।
काठमाडौँ सहित अन्य मुलुकका ५५ सहरलाई रचनात्मक सहरको नेटवर्कमा समावेश गरिएको युनेस्कोले जनाएको छ । राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)को सात वटा रचनात्मक क्षेत्रहरूमा शिल्प र लोककला, डिजाइन, चलचित्र, ग्यास्ट्रोनमी, साहित्य, मिडिया कला र सङ्गीत रहेका छन् ।
संस्कृतिमा पहुँच बढाउने, सहरी लचिलोपन र विकासको लागि रचनात्मकताको शक्ति बढाउन रचनात्मक सहर नेटवर्कका सहरले नेतृत्वदायी भूमिका निर्वाह गर्ने युनेस्कोले जनाएको छ ।