
काठमाडौँ।
नेपाली चलचित्र ‘जम्प’को आगामी मङ्सिर २९ गते रिलिज हुने भएको छ । आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको साइकोलोजि थ्रिलर यो चलचित्रमा सरोज श्रेष्ठ, सन्देश शाक्य, विनीता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शङ्कर महर्जन र प्रबल कँडेलको मुख्य भूमिका रहेको छ ।
इसा खड्का कार्यकारी निर्माता रहेको चलचित्र ‘जम्प’ले नेपाली चलचित्रमा नयाँ लहरको उत्प्रेरकको रूपमा काम गर्दै रचनात्मक कथा कथन र नवीनताको पुनर्जागरण गर्ने विश्वास गरिएको छ ।


