
काठमाडौँ।
प्रदर्शनरत चलचित्र ‘परदेशी २’को गीत ‘न भुल्नु ए साथ’ इन्टरनेटमा सार्वजनिक भएको छ । यस गीतमा मनोज खड्का, प्रवीण बेडवाल, शान्ति श्री परियार र दीपा स्वाङको स्वर, नारायण रायमाझीको सङ्गीत तथा लाल गोपाल सुवेदी र नारायण रायमाझीको शब्द रहेको छ ।
गीतको भिडियोमा केकी अधिकारी, प्रकाश सपुत लगायत फिचर्ड छन् । परिच्छेद सेनको कोरियोग्राफी छ ।
सफल प्रदर्शनमा रहेको यस चलचित्रमा प्रकाश सपुत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला र देवेन्द्र बब्लुलगायतका कलाकारको अभिनय छ । अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन, मानकृष्ण महर्जनको छायाङ्कन, राजेन्द्र मोक्तानको कलर, रमेश बिजीको कथा र पटकथा छ ।
नारायण रायमाझी निर्देशित सय चलचित्रका निर्माता नारायण रायमाझी र राजेश वंशल हुन् ।
गीत:


