छायाङ्कनमा ‘महाजात्रा’



काठमाडौँ।
चलचित्र ‘महाजात्रा’को छायाङ्कन सुरु भएको छ । बुधवार काठमाडौँको स्वयम्भूस्थित विजेश्वरी मन्दिरमा क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गरी बुढनिलकण्ठमा निर्माण गरिएको सेटबाट यसको छायाङ्कन सुरु गरिएको हो ।

आगामी चैत ९ गतेलाई प्रदर्शन मिति तय गरी सुपर हिट चलचित्र शृङ्खला ‘जात्रा’को आगामी भागको रूपमा यो चलचित्र बन्दै छ । यसमा कलाकारहरू विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्र सिंह बानियाँ दोहोरिएका छन् भने हरिवंश आचार्य थपिएका छन् । यसमा शिशिर बाङ्देल, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव पन्त, सुमन कार्की, गौमाया गुरुङ लगायतको पनि अभिनय रहनेछ ।

यो चलचित्रलाई पनि प्रदीप भट्टराईको लेखन तथा निर्देशन गरिरहेका छन् । ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ भन्ने नारासहित बन्दै गरेको यसमा धेरै घटनाहरूको कथावस्तु रहेको निर्देशक भट्टराईले बताएका छन् ।

रवीन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको षट्कोण आर्ट्सको ब्यानरमा बन्ने यस चलचित्रका निर्माताहरू म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu