पुष २७ मा ‘पर्खि बसें तिमीलाई’, ‘कालो चश्मा’को रिमेक भर्सन सार्वजनिक



दुई दशकअघिको लोकप्रिय गीत ‘कालो चस्मा लाऊ है मैयाँ’लाई रिमेक गरेर निर्देशक दीपक श्रेष्ठले आफ्नो नयाँ चलचित्र ‘पर्खि बसें तिमीलाई’मा समावेश गरेका छन् । शुक्रबार उक्त गीत सार्वजनिक गर्दै आगामी पुष २७ गतेलाई चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरिएको छ ।

गीतमा सुरेन्द्र राणाको शब्द र शम्भुजित बाँस्कोटाको संगीत छ भने प्रमोद खरेल र मिलन नेवारले स्वर छ । निशा रसाइलीको कोरियोग्राफी रहेको गीतमा अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी फिचर्ड छन् । यो उनीहरुको डेब्यू चलचित्र हो । निर्देशक श्रेष्ठले किरण र रक्षामा क्षमता देखेपछि डेब्यू गराएको बताएका छन् ।

निर्देशक श्रेष्ठ भन्छन्, ‘यो विशुद्ध प्रेमकथामा बनेको चलचित्र हो । त्यसैले यसको सुरुवात गीतमार्फत् गरेका छौँ । मैले निर्देशन गरेको ‘पर्खि बसेँ’मा झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरुलाई चलचित्र उद्योगले स्वागत गर्नेमा विश्वस्त छु ।’

शिव श्रेष्ठ, अनिशा रसाइली, विल्सन विक्रम राई, मनिष श्रेष्ठ आदिको पनि अभिनय रहेको चलचित्रमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह-निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, शम्भुजितसँगै दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, संकल्प भुजेलको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, निशासँगै रामजी लामिछानेको नृत्य निर्देशन छ ।

चलचित्रलाई काठमाडौँमा रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछन् । रोमन फिल्मस् र तपश्री प्रोडक्सन (सिक्किम)को निर्माण रहेको चलचित्रलाई नेपाल र सिक्किममा खिचिएको हो । चलचित्रमा अहिलेको पुस्ताको प्रेमकथा रहेको निर्देशक श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu