‘बलिदान’मा सौगात ?



काठमाडौँ।
छायाङ्कन अगावै टिजर सार्वजनिक गरी चर्चामा आएको निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’मा सौगात मल्लको चर्चा चलेको छ । यो चलचित्रमा यसअघि नै अर्पण थापा अनुबन्ध भइसकेका छन् भने अहिले सौगातको चर्चा चलेको हो ।

प्रमुख भूमिकामा सौगातको चर्चालाई लिएर निर्माण पक्षले भने स्पष्ट धारणा दिएको छैन । बताइएअनुसार सौगातसँग सम्झौता बाहेकका सबै कुरा टुङ्गिएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले कागजी सम्झौता बाँकी रहेको बताए । उनले सम्झौता अगाडी स्पष्ट धारणा नदिने बताए ।

आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस मेघा प्रोजेक्टलाई चलचित्र सिरिज ‘प्रेम गीत’का निर्माता तथा ‘प्रेम गीत ३’का निर्देशक सन्तोष सेनले निर्देशन गर्दैछन् । केही दिन अघि सार्वजनिक टिजरमा चित्रित दृश्यले ‘बलिदान’ एक युग जनित विसङ्गति र विकृतिलाई छिचोल्दै विस्तारित आयाममा बन्ने एक्सन प्रधान चलचित्र हुनेछ भन्ने अनुमान गर्न मुस्किल पर्दैन । एक मिनेट १४ सेकेन्ड लामो दृश्यमा देखिएका विस्फोट, नरसंहार, तोडफोड तथा त्रसित वातावरणले देशमा हुने उथलपुथल तथा रक्तपातपूर्ण क्रान्तिको विम्ब झल्काउँछ । देशको आन्तरिक मामिलामा चर्किएको आन्दोलनमा बाह्य तत्त्वको प्रवेशपछि खलबलिएको समाज, बीभत्स घटनाहरू तथा नरसंहारपछि त्यसबाट मुक्ति पाउन नेपालको झन्डा र हतियारसहित प्रकट भएको नायकलाई टिजरमा देखाइएको छ ।

आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस चलचित्रको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu