‘दुई कदम’को गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक



काठमाडौँ।
चलचित्र ‘दुई कदम’को गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । यही मङ्सिर २९ गते रिलिज यो चलचित्रको सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको सङ्गीत छ । गीतको भिडियोमा गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बु र गीता ढुङ्गाना फिचर्ड छन् ।

उदय सुब्बा निर्देशित चलचित्रमा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्माको पनि अभिनय रहेको छ । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायाङ्कन, ताराप्रकाश लिम्बु र विकास चौधरीको सङ्गीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रवीण ढकालको सम्पादन फिल्ममा रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu