नेपाली, हिन्दी, अङ्ग्रेजी र तमिल भाषामा ‘ऐरी’ बन्दै, प्रदीपको प्रमुख भूमिका रहने



काठमाडौँ।
अभिनेता प्रदीप खड्काको नेपाली, हिन्दी, अङ्ग्रेजी र तमिल भाषामा बन्न लागेको नयाँ चलचित्र ‘ऐरी’ घोषणा गरिएको छ । मङ्गलवार मोशन पोस्टर सार्वजनिक गर्दै जीवन थापाले निर्देशन गर्ने यो चलचित्र घोषणा गरिएको हो । पोस्टरमा प्रदीपलाई सिकारी अवतारमा राखिएको छ ।

शिरमा गुथेको फेटामा खुकुरी सिउरिएका उनी लामो कपालसहित छन् । पृष्ठभूमिमा बाघ छ । मोशन पोस्टरको अन्तिममा उनले खुकुरी प्रहार गरेका छन् ।

सन् २०२४ मा रिलिजको तयारी गरिएको सो चलचित्रको मोशन पोस्टर सार्वजनिक गर्दै खड्काले यो चलचित्र आफ्नो लागि मात्र नभई नेपाली चलचित्रकर्मीहरूका लागि पनि खुसी रहेको बताए ।

खड्काले यस चलचित्रको सफलतासँग समग्र नेपाली चलचित्र उद्योगको हित हुने बताए । हाल मुम्बईमा रहेका उनले ठुलोपर्दासँग कुरा गर्दै ठुलो विदेशी लगानीसहित यो चलचित्र बन्न लागेको जनाए ।

यो चलचित्र भारतीय निर्माता द्वय सुवास काले र प्रशान्तकुमार गुप्ता तथा नेपाली निर्माता राजन कुँवरले संयुक्त निर्माण गर्नेछन् । सुवासले प्रदीपको चलचित्र ‘प्रेम गीत ३’लाई हिन्दी भाषामा भारतका हलमा प्रदर्शन गरेका थिए ।

फागुनपछि छायाङ्कनमा जाने यो चलचित्रको छायाङ्कन धेरैजसो नेपालमा नै हुनेछ भने प्राविधिकहरू पनि नेपाली नै हुने बताइएको छ ।

मोशन पोस्टर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu