दयाहाङ लिँदै दीपेन्द्रले घोषणा गरे ‘दुखी आत्मा’



काठमाडौँ।
अभिनेता दयाहाङ राईलाई अनुबन्ध गर्दै निर्देशक दीपेन्द्र लामाले आफ्नो निर्देशनको छैटौँ चलचित्र घोषणा गरेका छन् । नाम ‘दुखी आत्मा’ राख्दै लामाले बुधवार घोषणा गरेको यस चलचित्रलाई ‘नाङ्गो गाउँ’ निर्माता हिमाल कडरियाले निर्माण गर्नेछन् ।

हाल स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको ‘दुखी आत्मा’ निर्देशक लामा र निर्माता कडरियाबीच ‘नाङ्गो गाउँ’ पछि दोस्रो पटक सहकार्य हुन लागेको हो । काठमाडौँमै खिचिने यो चलचित्र सोसियल कमेडी जनराको हुने निर्देशक लामाले बताए । बाहिर हामी सबैको मुहार हँसिलो देखिए पनि भित्रभित्रै कति दुखी भइरहेका हुन्छौँ, त्यही अवस्थालाई प्रतिकात्मक रूपमा पर्दामा उतार्न खोज्दैछौं,’ निर्देशक लामाले भने,‘फिल्मले मानवीय स्वभावका विभिन्न आयाम प्रस्तुत गर्ने विश्वास लिएको छु ।’

यसअघि उनले ‘घामपानी’,‘गोपी’,‘छ माया छपक्कै’,‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन् । यो चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu