‘एक्सन स्टार’ बिराज भट्टले घोषणा गरे नयाँ चलचित्र



काठमाडौँ।
‘एक्सन स्टार’ बिराज भट्टले नयाँ चलचित्र घोषणा गरेका छन् । बिहीबार थिम पोस्टर सार्वजनिक गर्दै भट्टले ‘१२ गाउँ’ शीर्षकमा चलचित्रको निर्माण घोषणा गरेका हुन् । एक्सन-थ्रिलर कथामा बन्ने यो चलचित्रलाई उनी आफैले निर्देशन गर्दै छन् ।

यस चलचित्रमा सन्तोष सरकारको कथा तथा पटकथा रहने बताइएको छ भने भट्ट आफै प्रमुख भूमिकामा रहनेछन् । अन्य कलाकार र टिमबारे उल्लेख गरिएको छैन । यसको छायाङ्कन यसै वर्ष गरिने बुझिएको छ । रिलिज मितिबारे भने भट्ट मौन छन् ।

यसअघि भट्टले चार वर्ष अगाडी ‘साङ्लो’ चलचित्र निर्देशन गरेका थिए, जसमा उनको आफ्नै प्रमुख भूमिका थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu