सकियो ‘मायावी’को छायाङ्कन



काठमाडौँ।
नेपाली चलचित्र ‘मायावी’को छायाङ्कन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रको पहिलो र दोस्रो चरण गरी दुई महिनामा छायाङ्कन सकिएको हो । शनिवार राती २ बजे फिल्मका मुख्य कलाकार र प्राविधिकहरूले इन्ड क्ल्याप हानेका थिए ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा पल शाह, दीपिका प्रसाईँ, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डङ्गोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईँ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यस चलचित्रमा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । चलचित्रको सह–निर्माता राजु पराजुली, रमा प्रसाईँ र नभ्नित झा छन् । फिल्मका कार्यकारी निर्मातामा प्रवीण भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रूपमा अम्बरीश कश्यप छन् ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा राजु थापाको डीओपी, एसडी योगीको सङ्गीत, राम अविरलको गीत छ ।

चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu