चलचित्र ‘चारदाम’को गीत र ट्रेलर सार्वजनिक



इटहरी।
तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको चलचित्र ‘चारदाम’को एक गीत र ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार मोरङको इटहरीमा एक कार्यक्रमको आयोजना गर्दै ‘मेरो अङ्गालोमा’ बोलको गीत र ट्रेलर सार्वजनिक गरिएको हो ।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्ममा ३ ओटा गीत समावेश छन् । यसमा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ती पाख्रीन, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

मैना घिसिङ, मदन बहादुर राई, पुर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले चलचित्र निर्माण गरेका हुन् । सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको छ । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम चलचित्र कोशी भिजनको ब्यानरमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu