दयाहाङ र रिस्माले पुनः स्क्रिन शेयर गर्दै



काठमाडौँ।
ब्लकबस्टर ‘कबड्डी’ चलचित्र सिरिजको पहिलो भागमा ‘मैयाँ’ बनेकी अभिनेत्री रिस्मा गुरुङ र अभिनेता दयाहाङ राईले पुनः स्क्रिन शेयर गर्ने भएका छन् । चलचित्र ‘रिमै’बाट यो चर्चित जोडी फेरी पर्दामा आउन लागेको हो ।

गोरख सिरानचोक एन्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा बन्ने ‘रिमै’लाई खिल बहादुर गुरुङले निर्देशन गर्नेछन् । यो चलचित्रको पटकथा उपेन्द्र सुब्बाले तयार गरेका छन् ।

आगामी चैतमा छायाङ्कनमा जाने यस चलचित्रका कार्यकारी निर्मातामा टिका गुरुङ(युके), प्रकाश गुरुङ(युके), जित यात्री गुरुङ (नर्वे) तथा सची कुमारी घले रहेका छन् भने दुन बहादुर घले, हेमा गुरुङ तथा विजय लामा सह-निर्माताका रूपमा रहनेछन् । यसलाई आरआर फिल्मस्ले वितरण गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu