चलचित्र ‘हात्तीछाप’को टिजर रिलिज



काठमाडौँ।
माघ २६ गते रिलिज हुने नेपाली चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । यसअघिको चलचित्र ‘२ नम्बरी’को निर्माण टिमले नै बनाएको यो चलचित्रलाई निर्देशन भने सिमोस सुनुवारले गरेका छन् ।

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी लगायतको अभिनय रहेको यस चलचित्रको सार्वजनिक टिजरमा माया–प्रेम, राजनीतिक विषय र कमेडीलाई स्थान दिइएको छ । यसमा विल्सन विक्रम राई, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारी र उत्तम(बौवा)को पनि अभिनय छ ।

यसमा प्रदीप भारद्वाजको लेखन, निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी, उज्ज्वल सागर र आशिष मगरको सङ्गीत छ । रेड बर्ड प्रोडक्शनको निर्माण रहेको यसका प्रस्तुत कर्ता किरण नेपाली हुन् । यसमा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माताको रूपमा छन् । कार्यकारी निर्माता सरोज नेपाली हुन् । वितरण आरआर फिल्म्सले वितरण गर्दै छ ।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu