आर्यन सिग्देल र प्रदीप खड्का एकसाथ चलचित्रमा आउँदै



काठमाडौँ।
दर्शकमाझ लोकप्रिय अभिनेता द्वय आर्यन सिग्देल र प्रदीप खड्का पहिलो पटक एकसाथ चलचित्रमा अभिनय गर्ने भएका छन् । दिनेश राउतले निर्देशन गर्ने चलचित्र ‘पूजार सार्की’मा यी दुई अभिनेताको लाइन अप तयार गरिएको हो ।

आइतबार निर्देशक राउतले दुई अभिनेता सहित तस्बिर शेयर गर्दै आधिकारिकता पुष्टि गरेका छन् । यी दुवै अभिनेतासँग यस अघि निर्देशकले काम गरिसकेका छन् । बाल्यकालदेखिका साथी सिग्देललाई राउतले ‘आई एम सरी’, ‘क्लासिक’ र ‘नोभेम्बर रेन’मा निर्देशन गरेका थिए भने प्रदीपलाई ‘प्रकाश’ चलचित्रमा निर्देशन गरेका छन् ।

माघ पहिलो साता छायाङ्कनमा जाने यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। विकास र दिनेशको यो दोस्रो सहकार्य हो। यसअघि विकासले दिनेश निर्देशित ‘प्रकाश’ लेखेका थिए।

यसको शीर्षकबाट मन्दिरमा पूजा गराउने पूजारी र दलित समुदाय बिचको कथामा चलचित्र बन्न लागेको अनुमान गर्न सकिन्छ। लेखक सुवेदीले चलचित्रको शीर्षक प्रतिकात्मक रहेको प्रतिक्रिया दिए। सङ्गीतकार सुभाष भुसालले यस चलचित्रको निर्माण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu