इन्डो नेपाली चलचित्र ‘हिटम्यान’मा आँचल, प्रशान्त र मिलन – पोस्टर र टिजर रिलिज



काठमाडौँ।
आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै इन्डो नेपाली चलचित्र ‘हिटम्यान’को मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालबाट अभिनेत्री आँचल शर्मा र अभिनेता द्वय प्रशान्त ताम्राकार र मिलन सिजापतिको अभिनय रहेको यो चलचित्र नेपालको काठमाडौँ र पोखरा, भारत, फ्रान्सको पेरिस तथा युएईको दुबईमा छायाङ्कन गरिएको छ ।

विष्णु अधिकारीले निर्देशन गरेको यो चलचित्र आगामी फागुनमा रिलिज गरिने बताइएको छ । नेपालीसँगै हिन्दी, तेलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चिनिया गरी दश भाषामा रिलिज गरिने छ अभिनेता तथा निर्माता समेत रहेका अधिकारीले बताए ।

टिजरमा मुख्य कलाकार विष्णु अधिकारी मात्र देखिएका छन् । ट्रेलरमा भने भारतसँगै नेपाली दृश्य र कलाकार समेत राखिने अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu