चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक



काठमाडौँ।
मङ्सिर २९ गते रिलिज हुने नेपाली चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गरिएको हो ।

ट्रेलरमा नयाँ पुस्ताका युवाहरूको प्रेमकथा, एक्सन एवम् लिम्बु संस्कृति देखाइएको छ । उदय सुब्बा निर्देशित यस चलचित्रमा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय रहेको छ ।

अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायाङ्कन, ताराप्रकाश लिम्बु र विकास चौधरीको सङ्गीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रवीण ढकालको सम्पादन रहेको छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu