बलिउड कलाकार ह्यारी जोश काठमाडौँमा, नेपाली चलचित्र खेल्दै



काठमाडौँ।
बलिउडका ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता चर्चित चलचित्रका कलाकार ह्यारी जोश नेपाल आएका छन् । उनी नेपाली चलचित्र ‘देव वाणी’मा अभिनय गर्न बुधवार काठमाडौँ ओर्लिएका हुन् ।

बिहीबार बिहानदेखि बालाजु ल्याबमा जोशको भागको छायाङ्कन भइरहेको चलचित्रका निर्देशक बाबु साहेब बलामीले बताए । करिब ६ दिन फिल्मको अन्तिम चरणको छायाङ्कन हुनेछ ।

फिल्ममा ह्यारीको विशेष भूमिका रहने बताइएको छ । यो चलचित्र हिन्दी भाषामा पनि बनेकाले भारतीय कलाकारलाई अभिनय गराएको बलामीले जनाए ।

एक्सन-लभ स्टोरी कथामा बनेको चलचित्रमा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रवीन्द्र झा, नन्दु श्रीवास्तव, मौसम पौडेल, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनाको पनि अभिनय रहेको छ । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu