आगामी जेठ १८ मा ‘गाउँ आएको बाटो’ रिलिज हुने



काठमाडौँ।
नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को आगामी वर्षको जेठ १८ मा नेपालमा रिलिज हुने भएको छ । टोरोन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो चलचित्रको रिलिज मितिसँगै पोस्टर सार्वजनिक गरिएको छ ।

दयाहाङ राई, पशुपति राई र प्रसान राईको प्रमुख भूमिका रहेको चलचित्रले बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा पाएको थियो । चलचित्र ‘नुमाफुङ’ बनाएर फरक धारका चलचित्रका लागि अत्यधिक प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो चलचित्र हो । यसको पटकथा निर्देशक सुब्बाले महेश सुब्बासँगको सहकार्यमा लेखेका छन् ।

मेन्छ्याम फिक्चर्स तथा बाँसुरी फिल्मसको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन । यसमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोका डालो बनाएर जीवन यापन गर्ने माइला(दया), माइली (पशुपति राई) र उनीहरूको सात वर्षे छोरा बिन्द्रे (प्रसान राई)को सो गाउँमा मोटर बाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तनले ल्याउने उथलपुथल, सङ्घर्षको कथा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu