स्वास्थ्य लाभ गरी ‘महाजात्रा’ छायाङ्कनमा पुगे प्रकाश घिमिरे



काठमाडौँ।
अभिनेता प्रकाश घिमिरे चलचित्र छायाङ्कनमा फर्किएका छन् । घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका घिमिरे करिब डेढ महिनापछि काममा फर्किएका हुन् ।

आइतबार काठमाडौँको बुढानीलकण्ठमा छायाङ्कन भइरहेको चलचित्र ‘महाजात्रा’को सेटमा अभिनयको लागि उनी पुगेका हुन् । यो चलचित्र ‘जात्रा’ चलचित्रको सिरिज हो । सो सिरिजमा घिमिरेले अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा छन् । त्यस कारण पनि यस चलचित्रमा घिमिरेले काम गर्नै पर्ने थियो ।

चिकित्सकको सल्लाह अनुसार नै आराम र कामको लागि तारतम्य मिलाएको घिमिरेले बताए । सो चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीले घिमिरेलाई छायाङ्कन स्थलमा देख्दा सबैको मुहारमा खुसी छाएको बताए । अब केही दिन घिमिरेको सबै छायाङ्कन गरी आरामको लागि पठाउने उनले बताए । यो चलचित्रको छायाङ्कन काठमाडौँसँगै तराईको भूभाग समेत गरिने छ ।

अघिल्लो दुई शृङ्खलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भइरहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुन जङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ । यो चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu