‘चित्रा’को अफर: १० वर्षमुनिका बाल दर्शकलाई निःशुल्क टिकट



काठमाडौँ
पुष २७ गते रिलिज हुने नेपाली चलचित्र ‘चित्रा’ले बाल दर्शक लक्षित अफर ल्याएको छ । सो अफरमा यो चलचित्र हेर्न हलमा जाने १० वर्षमुनिका बालबालिकाले निःशुल्क टिकट प्राप्त गर्नेछन् । त्यस्तै, चलचित्रको नामसँग बालिका दर्शकको नाम मिलेमा ३ वटा टिकट निःशुल्क दिने बताइएको छ ।

यो अफर व्यापारिक रणनीतिका लागि मात्र नभई आफ्नो चलचित्र लक्षित दर्शकमाझ पुग्न सकोस् भन्ने उद्देश्य राखेको निर्देशक घनश्याम लामिछानेले बताए । यो चलचित्रले बाबु छोरीको कथा पेस गर्छ ।

यस चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेच्छा खड्का,मेनुका प्रधान, सिम्रन खड्का, अन्जना बराइली,प्रकाश घिमिरे तथा बाल कलाकार आयुशी ढकालको प्रमुख भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu