
काठमाडौँ।
पाँच वर्षको ‘ग्याप’पछि निर्देशक पूर्णेन्दु झा नयाँ चलचित्रको तयारीमा रहेका छन् । यसअघि ‘संरक्षण’ बनाएका झाले ‘वर्किङ टाइटल’ ‘पीजे ३’ राख्दै चलचित्र घोषणा गरेका छन् ।
रोमान्टिक ड्रामामा आधारित रहने यो चलचित्रलाई उनले आफ्नै नामको ‘शर्ट फर्म’ प्रयोग गरी ‘वर्किङ टाइटल’ तयार गरेका हुन् । यसको घोषणा गर्दै उनले यो चलचित्रमा राधा र रुक्मिणीको प्रेमकथा रहने बताएका छन् । आगामी अङ्ग्रेजी नयाँ वर्षमा छायाङ्कन गरी सोही वर्ष प्रदर्शन गरिने बताइएको छ ।
झाले दुई वर्ष खर्चेर स्क्रिप्ट तयार पारेको बताएका छन् । नेपालीसँगै हिन्दी भाषामा समेत बन्ने यो चलचित्र भारतीय एक कम्पनीसँगको सहकार्यमा झाले आफ्नै ब्यानरमा बनाउने छन् ।


