देश खतमको पछाडि सबै नेपालीको हात छ: रमेश उप्रेती



काठमाडौँ।
पछिल्लो समय दरबार हत्याकाण्डको विषयमा दिएको वक्तव्यलाई लिएर चर्चामा रहेका अभिनेता रमेश उप्रेतीले राजनीतिक वितृष्णा पोखेका छन् । फेसबुकमा एक पोस्ट गर्दै उनले नेपाल खत्तम हुनुमा सबै नेपालीको हात रहेको बताएका छन् ।

उनले नेपालका कुनै पनि नेतालाई यो देशको माया नभएको लेखेका छन् । सबैले पैसा, शक्तिको मात्र पछि लागेको र जनतालाई बेवकुफ बनाइरहेको लेखेका छन् । नेताको पछाडि लागेकाहरूलाई लक्षित गर्दै उनले ‘झोले’को संज्ञा दिँदै देश खतमको पछाडि हामी सबै नेपालीको हात रहेको बताएका छन् ।

उनले नेपालमा जनता भेट्नै मुस्किल भएको र सबै नेपाली कुनै न कुनै राजनीतिक दलको पछाडि भागिरहेको सङ्केत गरेका हुन् । उनले लेखेका छन्, “यो देशको माया कुनै नेता लाई छैन । सबै मात्र पैसा, पावर, अनि नेपाली जनता लाई बेवकुफ बनाउन आएको हो ! झोले हो याद गर्नु, देश खतमको पछाडि हामी सबै नेपालीको हात छ !”

केही दिन अघि उप्रेतीले २०५८ सालको जेठ १९ गते नारायणहिटी राजदरबारभित्र भएको हत्याकाण्ड तत्कालीन राजकुमार दीपेन्द्र शाहबाट भएको ठोकुवा गरेका थिए । उनले आफूले अभिनय गर्ने चलचित्र ‘राजमहल’को घोषणा कार्यक्रममा दरबार हत्याकाण्डको विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले भनेका थिए, “यो नितान्त मेरो धारणा हो । यसमा सत्य होला या नहोला, त्यो मलाई मतलब छैन । त्यो हत्यामा दीपेन्द्र सरकारको हात छ ।” सो चलचित्रको कथामा दरबार जोडिएर आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu