‘यो मन त मेरो नेपाली हो’ अब अमेरिकामा छायाङ्कन हुने



काठमाडौँ।
विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्ने कथामा बनिरहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को प्रथम चरणको छायाङ्कन सकिएको छ । तीस दिनमा नेपाल र भारतको छायाङ्कन सकिएको हो । अब यसको छायाङ्कन अमेरिकामा हुनेछ ।

यस चलचित्रलाई मित्र प्रधान (नर) ले निर्देशन गरिरहेका छन् । प्रधान अमेरिकामा रहेका नेपाली मूलका भुटानी साहित्यकार हुन् । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतिमा प्रधानकै प्रस्तुतिमा यसको निर्माण हुन लागेको हो । नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताए ।

शिवम अधिकारीको लेखन रहने यसमा नेपाली भाषा प्रतिको आकर्षण, महत्त्व र इतिहास दर्साउने जनाइएको छ । अमेरिका, म्यानमार, भुटान र भारत गरी चार देशका चार जना नेपाली भाषी अभियन्ताहरू नेपाल आएर नेपाली भाषाको अध्ययन अनुसन्धान गरी नेपाली भाषाको महत्त्व, नेपाली वीरता र गोर्खालीहरू को हुन् ? नेपालीहरू कसरी भुटान, म्यानमार, भारतसम्म पुगे र त्यहाँका नेपालीहरूको अवस्था कस्तो छ भन्ने र राष्ट्र, राष्ट्रियता र नेपाली भाषा प्रति प्रेरित गर्ने लेखक अधिकारीले बताए ।

झापा हुँदै, भारतका सिक्किम र देहरादुन, म्यानमार, क्यानडा, अमेरिका लगायतका देशहरू यस चलचित्रको छायाङ्कन हुने जनाइएको छ । यसका मुख्य पात्रहरू रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुव दत्त आदि रहनेछन् । दीपक शर्माको सङ्गीत, सौरभ लामाको छायाङ्कन, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu