
काठमाडौँ।
केही दिन अघि चलचित्र ‘पुजार सार्की’ घोषणा गरेका निर्देशक दिनेश राउतको अर्को चलचित्र पनि घोषणा भएको छ । आगामी दसैँमा रिलिज लक्ष्य राखी ‘गाउँ नै रमाइलो’ नामक चलचित्र बुधवार घोषणा गरिएको हो ।
यस चलचित्रमा अभिनेता द्वय दयाहाङ राई र आर्यन सिग्देलले प्रमुख अभिनय गर्दै छन् । यस वर्षको सफल चलचित्र ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले यसको निर्माण गर्दै छन् भने विकास सुवेदीको लेखन रहेको छ । करिब डेढ दशक अगाडी दया र आर्यनले चलचित्र ‘मेरो एउटा साथी छ’मा सँगै काम गरेका थिए । उक्त समयमा दयाहाङ दर्शकमाझ लोकप्रिय थिएनन् ।
‘गाउँ नै रमाइलो’लाई क्लक वार्क क्रियशनको ब्यानरमा बनाइने छ भने नेपाल वितरणको आरआर फिल्मस र ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।