ओस्कर विजेता ‘प्यारासाइट’ अभिनेता ली सुन-क्युन मृत फेला



ओस्कार विजेता दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’का चर्चित अभिनेता ली सुन क्युनको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उनी सियोलको मध्य भागमा रहेको एक पार्कमा बुधवार एक कारमा मृत अवस्थामा फेला परेका थिए ।

दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार ४८ वर्षीय लीले घर छोडेको र श्रीमतीले सुसाइड नोट फेला पारी प्रहरीलाई बताएकी थिइन् ।

यी अभिनेताले लागूपदार्थ सेवन गरेको आरोपमा प्रहरी अनुसन्धानको दायरामा थिए । उनी गाँजा र अन्य साइकोएक्टिभ ड्रग्सको प्रयोग गरेको आरोपमा प्रहरी अनुसन्धानमा थिए । लीलाई प्रहरीले तीन पटक सोधपुछ गरेको थियो, जसमा गत सप्ताहान्तमा १९ घण्टा सम्म सोधपुछ गरिएको थियो ।

लीले आफूलाई एक बार होस्टेसले ड्रग सेवन गर्न फसाएको र त्यसपछि ब्ल्याकमेल गर्ने प्रयास गरेको बताएका थिए । उनले अक्टोबरको अन्त्यमा इन्चोन पुलिस स्टेसनमा अनुसन्धानकर्ताहरूसँग भेट गर्न प्रवेश गर्नुअघि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गरेका थिए ।

दक्षिण कोरियामा लागू औषधसम्बन्धी कडा कानुन छ र लागूपदार्थको अपराधमा सामान्यतया कम्तीमा ६ महिना जेल वा १४ वर्षसम्म सजाय हुन सक्छ ।

दक्षिण कोरियाको प्रतिष्ठित कोरिया नेसनल युनिभर्सिटी अफ आर्ट्सबाट स्नातक गरेका लीले सन् २००१ मा ‘लभर्स’ नामक टेलिभिजन सिटकमबाट अभिनयमा डेब्यु गरेका थिए । उनको अन्तिम चलचित्र यस वर्षको हरर फ्लिक स्लिप हो, जसमा उनले एक पतिको भूमिका निभाएका थिए । उनका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu