‘डिग्री माइला’मा गम्भीर बने दया



काठमाडौँ।
रामबाबु गुरुङले निर्देशन गरेको नेपाली चलचित्र ‘डिग्री माइला’को पोस्टर सार्वजनिक गरिएको छ । यसमा दयाहाङ राईलाई गम्भीर मुद्रामा राखिएको छ । यो चलचित्र आगामी नेपाली नयाँ वर्षमा रिलिज हुँदै छ ।

यो चलचित्रले ‘थर्ड डिभिजन’मा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्ने बताइएको छ । केही वर्षअगाडि अभिनेता दयाले नै निर्देशन गरेको कथामा बाँसुरी फिल्मसले चलचित्र बनाएको हो । बाँसुरी फिल्मसले कबड्डी फिल्मस र सुस्मा फिल्मस प्रोडक्सनसँग निर्माणमा सहकार्य गरेको छ ।

यसमा दयाका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय छ । पोस्टरमा ‘किन चाउरियो मरीच, आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई ट्याग लाइनको रूपमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu