‘उपहार’को दोस्रो गीत सार्वजनिक



काठमाडौँ।
चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘मुटुको ४ आना’ बोलको गीत बिहीबार सार्वजनिक गरिएको हो । यसमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर छ भने अर्जुन पोखरेलको सङ्गीत तथा मुक्त उदासको शब्द रचना रहेको छ ।

गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी र विनोद कुमार पौड्याललाई फिचर्ड गरिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको ‘उपहार’मा मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुसाल लगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् ।

फागुन २५ गते रिलिज हुने ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित रहेकाले फिल्ममा हाँस्यरस देखि रोदनसम्म सबै कुराको सम्मिश्रण रहेको निर्देशक देउजाले बताए ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायाङ्कन, अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu