काठमाडौँ।
नयाँ नेपाली चलचित्र ‘रक्तबीज’को निर्माण घोषणा भएको छ । यसअघि ‘प्रेम दिवस’ नामक चलचित्र बनाएका निर्माता सञ्जय न्यौपानेले शुक्रवार कथा, पटकथा तथा संवाद लेखकको रूपमा प्रदीप भारद्वाजलाई अनुबन्धित गर्दै यसको घोषणा गरेका हुन् ।
रक्तबीजमा सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भूमिका रहने बताइएको छ । यसको छायाङ्कन अर्को वर्षको असोजबाट गरिने न्यौपानेले बताए । यसमा एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ ।
मुख्य अभिनेत्री लगायत अन्य कलाकार र निर्देशकको केही दिनमा टुङ्गो लाग्ने निर्माण टिमले जनाएको छ । यो चलचित्र डार्क एक्सन जनरामा निर्माण हुनेछ ।